सोधिरहने प्रश्नहरू

वातावरण भन्नाले के बुझिन्छ ?

वातावरण भन्नाले प्राकतिक, सांस्कृतिक र सामाजिक प्रणाली, आर्थिक तथा मानवीय क्रियाकलाप, यिनका अवयवहरु तथा ती अवयवहरुको बीचको अन्तरक्रिया तथा अन्तरसम्बन्ध बुझिन्छ।


वातावरणीय परीक्षण भन्नाले के बुझिन्छ ?

वातावरणीय संरक्षण ऐन, २०७६ ले वातावरणीय प्रभाव मुल्यांकन गर्नुपर्ने प्रस्तावको कार्यान्वयन सुरु गरि सेवा वा वस्तु उत्पादन वा वितरण सुरु गरेको दुई वर्ष भुक्तान भएको मितिले ६ महिनाभित्र त्यस्तो प्रभावको कार्यान्वयनबाट वातावरणमा परेको प्रतिकूल प्रभाव, त्यस्ता प्रभावलाई कम गर्न अपनाएको उपाय तथा त्यस्तो उपायको प्रभावकारिता र न्यूनीकरण हुन नसकेको वा आँकलन नै नभएको प्रतिकूल प्रभाव उत्पन्न भएमा सो समेतको विश्लेषण गर्ने प्रक्रिया नै वातावरण परीक्षण हो।